Kathmandu Press

प्रतिगमनकारी शक्ति र राजावादी शक्ति फेरी सल्बलाउन थाले : गृहमन्त्री खाण

प्रतिगमनकारी शक्ति र राजावादी शक्ति फेरी सल्बलाउन थाले : गृहमन्त्री खाण

रूपन्देही, कात्तिक १७ : गृहमन्त्री बालकृष्ण खाँणले राजावादी शक्तिहरु फेरी सल्बलाउन थालेको टिप्पणी गरेका छन।

बिहिबार नेपाल तरुण दल रुपन्देही क्षेत्र नं.३ ले आयोजना गरेको बृहत तरुण भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लुकेर बसेको प्रतिगमनकारी शक्ति र राजावादी शक्तिहरु फेरी वर्षौ पछि सल्बलाउन थालेको टिप्पणी गरेका हुन।

Hardik ivf

रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाँणले प्रतिगमनका बिरुद्धमा उभिएका पाँच दलिय गठबन्धनले मात्रै मुलुकलाई पश्चगमनतर्फ लैजाने तर्क गरे। उनले पाँच दलिय गठबन्धनको एउटै मात्रै लक्ष्य नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई सम्वृद्धि, विकासको बाटोमा लैजाने रहेको बताउदै पञ्च्यातबिरुद्ध २०४६ सालमा र २०६२–०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको तर्क गरे।

गृहमन्त्री खाँणले सिमानामा बस्ने नेपालीहरुले सिमा रक्षाको लागी ठूलो योगदान दिएको बताउँदै उनले राज्यले सिमानामा बस्ने नेपालीहरुलाई सम्मान गरिरहने बताए। उनले नागरिकको अवस्था बदल्न र पाँच बर्ष भित्र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उल्लेख गर्दै युवाहरु उर्जाशील भएर उत्पादनमा जोडिनु पर्नेमा जोड दिए।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे।

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्