Kathmandu Press

फिलिपिन्स आँधी : मृत्यु हुनेकाे संख्या १५० पुग्याे

आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ। त्यसैगरी एक सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन्।
फिलिपिन्स आँधी : मृत्यु हुनेकाे संख्या १५० पुग्याे

मनिला, कात्तिक १७ : फिलिपिन्समा  पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन्।

आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ। त्यसैगरी एक सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन्।

आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ। 

आँधीसँगैेको बाढीका कारण कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ।

आँधीबाट ८ हजार ६ सय ८ किसान र माछुवारा प्रभावित भएका छन्। मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अधिक प्रभावित भएका छन्। यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ। 

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, कात्तिक १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्