Kathmandu Press

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, कात्तिक १७ : नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ३ सय ६३ पीसीआर तथा ९ सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण बिहिबार पनि थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, कात्तिक १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्