Kathmandu Press

जुम्लामा हेलिकप्टरमार्फत मतपत्र पुर्‍याइँदै

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले आज दुई पटक सेनाको (एनए–०५५ इसियु इक्विरेल) हेलिकप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिए। 
जुम्लामा हेलिकप्टरमार्फत मतपत्र पुर्‍याइँदै

कर्णाली, कात्तिक १७ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्‍याएको छ।

आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्‍याएको हो। नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले आज दुई पटक सेनाको (एनए–०५५ इसियु इक्विरेल) हेलिकप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिए। 

Hardik ivf

उनका अनुसार विपद्का कारण कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकाेप्टरमार्फत मतपत्र ल्याउनुपरेको हो।

'मतपत्र काठमाडौँबाट सुर्खेतसम्म गाडीमा ल्याइए पनि त्यहाँबाट हेलिकप्टरमा जुम्ला ओसार्ने काम भइरहेको छ', गणपति थापाले भने, 'स्थानीय तहको निर्वाचनमा ठूलो क्षमतको ट्रकमा ल्याएका थियौँ तर यसपटकको विपद्ले सडक साँघुरो भएकाले हेलिकप्टरबाट मतपत्र ओसार्नुपरेको हो।'

जिल्ला अदालत जुम्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको जानकारी दिए। 

उनका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र सुरक्षित तवरबाट जुम्ला आइपुगेको छ।

अब समानुपातिकतर्फको चार हजार मत आउन बाँकी रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत गौतमले भने, 'जुम्लामा प्रतिनिधिसभका लागि प्रत्यक्षतर्फ ७६ हजार मतपत्र र  प्रदेशसभा ९क० का लागि ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको छ।' आज  सुर्खेतबाट हेलिकप्टरमार्फत प्रत्यक्षतर्फको मतपत्र जुम्ला ल्याइने उहाँले बताउनुभयो। 

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ हजार ६ सय ३८ मतदाता सङ्ख्या रहेको बताए। उनका अनुसार प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार ८ सय ५५ रहेको मतदाता छन्। 

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्