Kathmandu Press

६ वर्षीया बालिका बलात्कार आरोपमा विराटनगरमा एकजना पक्राउ

६ वर्षीया बालिका बलात्कार आरोपमा विराटनगरमा एकजना पक्राउ

विराटनगर, कात्तिक १७ : ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का ३८ वर्षीय साजन कामत रहेको प्रहरीले जनाएको छ। कामतले कात्तिक ११ गते दिउँसो घरमा कोही नभएको मौका पारेर बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

Hardik ivf

आमा नभएकी पीडित बालिकाका बुवा ज्यालामजदुरीका सिलसिलामा प्रायः बाहिरै हुन्थे। उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन्।

बालिकाले घटनाबारे छिमेकीलाई जानकारी दिएपछि कात्तिक १४ गते प्रहरीकहाँ जाहेरी परेको थियो। त्यसपछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, कात्तिक १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्