Kathmandu Press

डुंगा डुब्दा हराएका बीस यात्रुको शव भेटियो

उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन्। उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुंगा डुब्दा ती यात्रु हराएका थिए। 
डुंगा डुब्दा हराएका बीस यात्रुको शव भेटियो

एथेन्स, कात्तिक १७ :  ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुंगा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ।

उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन्। उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुंगा डुब्दा ती यात्रु हराएका थिए। 
 
मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरुको शव भेटिएको बताएका छन्।

ग्रिकको राष्ट्रिय समाचार समितिले डुंगा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ। सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ। 
 
त्यसमा परेका अरु २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ।

जीवितै उद्धार गरिएकाहरुले सो डुँगामा ६८ जना यात्रु रहेका जनाएका छन्। त्यस डुँगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रबासीहरु रहेका बताइएको छ। 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, कात्तिक १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्