Kathmandu Press

उदयपुरका बेलाका र चौदण्डीगढी नगरमा नमुना मतदान

निर्वाचन आयोग नेपालको कार्यक्रमअनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधवार नमुना मतदान गरेको हो।
उदयपुरका बेलाका र चौदण्डीगढी नगरमा नमुना मतदान

उदयपुर, कात्तिक १६ : जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा जिल्लाको बेलाका र चौदण्डीगढी नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोग नेपालको कार्यक्रमअनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधवार नमुना मतदान गरेको हो।

जिल्लाको बेलाका नगरपालिका र चौदण्डीगढी नगरपालिकाको प्रशासकिय भवन परिसरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए।

Hardik ivf

बेलाका र चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी, सेवाग्राही सहित निर्वाचन आयोगले यस पटक प्रदान गरेको सुबिधा अनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले प्रतिनिधी सभा तर्फको समानुपातीक तर्फ मत खसालेर नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको थियो।

नमुना मतदान कार्यक्रम अन्तर्गत बेलाका नगरपालिकामा ५८ मत खसेकोमा ८ मत बदर भएको थियो भने चौदण्डीगढी नगरपालिका पनि ५७ मत खसेकोमा ६ मत बदर भएको थियो।

नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक पटक मतदान गर्नु पर्ने भन्दै केही झन्झटिलो रहेको बताए भने केही सहभागीले नमुना मतदान बाट धेरै कुरा सिकेको र उक्त कुरा गाउ गाउँमा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिकृया दिएका छन्।

बुधवारबाट सुरु गरिएको नमुना मतदान जिल्लाका सबै पालिकामा गरिने बताइएको छ। बुधवार भएको नमुना मतदानमा १०% भन्दा बढी मत बदर हुनु खुशीको कुरा नरहेको भन्दै यसलाई कम गर्न पनि जिल्लाका सबै पालिकामा नमुना मतदान गर्नु पर्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइराला जानकारी दिए।

नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा जिल्लाका सबै ८ वटै पालिकामा नमुना मतदान हुँदै छ। जिल्लामा कुल दुई लाख २८ हजार ९ सय ४६ मतदाता छन्।

चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १ मतदान स्थल छन् भने दुई सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुर जनाएको छ। 

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्