Kathmandu Press

काबुलमा मिनीबस लक्षित आक्रमणमा आठ घाइते

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ। विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ।
काबुलमा मिनीबस लक्षित आक्रमणमा आठ घाइते

काबुल, कात्तिक १६ : अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान एक मिनिबसलाई लक्ष्यगरी गरिएको शक्तिशाली विस्फोटमाा परी आठ घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्। 

विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ०८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडि रहेको सरकारी कर्मचारीको मिनीबसलक्षित सो विष्फोट भएको थियाे।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ। विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ।

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, कात्तिक १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्