Kathmandu Press

विहारमा छठ पूजाका क्रममा ५३ जना डुबे

हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।
विहारमा छठ पूजाका क्रममा ५३ जना डुबे

नयाँदिल्ली, कात्तिक १६ : भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ।

हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए। 

विहारका मुख्यमन्त्री नीतिश कुमारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट रू चार लाख उपलव्ध गराउने घोषणा गरेका छन्।

उनले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिएको छन्। 

प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ। उत्तर एवम् पूर्वी भारतका हिन्दुहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवानकाे उपासना गर्ने प्रचलन छ। 

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, कात्तिक १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्