Kathmandu Press

हालोविनको रात सिकागोमा १४ जनाको हत्या

सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोरकिशोरी पनि मारिएका छन्।
हालोविनको रात सिकागोमा १४ जनाको हत्या

सिकागो, कात्तिक १६ : अमेरिकाको तेस्रो ठुलो सहर सिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ।

सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन्। सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोरकिशोरी पनि मारिएका छन्।

अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको  प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ। आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो।

आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई सघाएको थियो भने अर्को समूहले गाडीबाटै गोली हानेको थियो।

हालसम्म कसैलाई पक्राउ नगरिएको र घटनाको अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, कात्तिक १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्