चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
वार्ताका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको तथा त्यसले सी चिनफिङलाई महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिए।बेइजिङ, कात्तिक १६ : चीनका राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले आफ्ना फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग फोन वार्ता गरेका छन्।
वार्ताका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको तथा त्यसले सी चिनफिङलाई महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिए।
उक्त पदमा सीको पुनःनिर्वाचित हुनु चिनियाँ जनताको साझा आकाङ्क्षा भएको बताउँदै उनी नेतृत्वको महाधिवेशनले चीनको भविष्य र विकासको खाका तयार पारेको जानकारी दिए। साथै उनले विश्वशान्तिका निम्ति चीनले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा साझा विकास प्रवर्धनप्रतिको प्रतिबद्धता दोहोर्याए।
चीनले फ्रान्स र युरोपप्रतिको आफ्नो नीतिमा निरन्तरता र स्थिरता कायम राखेको, चीन–युरोपेली सङ्घको व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा दुई देशबीच रणनीतिक समन्वय एवम् सहयोगलाई अझ प्रगाढ बनाउन चीन तयार रहेको विदेशमन्त्री वाङले बताए।
चीन र फ्रान्सले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन विभिन्न क्षेत्रमा उच्चस्तरीय आदानप्रदान र सहयोगको संयुक्त योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो भने फ्रान्सेली विदेशमन्त्रीले विश्व शान्ति, स्थायित्वको रक्षाका लागि फ्रान्स र चीनले सधैं आपसी विश्वास सहयोगका साथ सहकार्य गर्नुपर्ने बताए।
फ्रान्सेली विदेशमन्त्रीले साझा हितका विषय प्रवर्धन गर्न तथा साझा चुनौती सामना गर्न चीनसँग निकट सम्पर्क र समन्वयमा काम गर्न आफू इच्छुक रहेको बताइन्। उनीहरूले युक्रेन तथा कोरियाली प्रायःद्वीपको अवस्थाका साथै साझा सरोकारका अन्य विषयमा पनि विचार आदानप्रदान गरेका थिए।