थप ५९ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको १ हजार ६ सय २ पिसिआर परिक्षणका क्रममा ४६ जना र २ हजार ४० एन्टिजेन परीक्षणका क्रमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं, कात्तिक १६ : नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ६ सय २ पिसिआर परिक्षणका क्रममा ४६ जना र २ हजार ४० एन्टिजेन परीक्षणका क्रमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २१ संक्रमित कोरोनामुक्त भएका छन्।
हाल नेपालमा ५ सय ५३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१९ बजे, बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार