Kathmandu Press

ललितपुर र काठमाडौंमा थप दुई शाखा स्थापना

काठमाडौं, मंसिर ३० : एनआईसी एशिया बैंकको थप दुई नयाँ शाखा काठमाडौंमा र ललितपुरमा स्थापना भएका छन्।

ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्....

ललितपुर र काठमाडौंमा थप दुई शाखा स्थापना

काठमाडौं, मंसिर ३० : एनआईसी एशिया बैंकको थप दुई नयाँ शाखा काठमाडौंमा र ललितपुरमा स्थापना भएका छन्।

ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा स्थापना गरिएका शाखाहरु आईतबार एकैसाथ सञ्चालनमा ल्याइएको हो। बैंकको दुई शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौं क्षेत्रका ग्राहकलाई बैंकको सेवाप्राप्त गर्न थप सहज हुने जनाएको छ।

हाल एनआईसी एशिया बैंकले मुलुकभर तीन सय ११ शाखा कार्यालयवाट सेवा दिदै आएको छ। जसअन्तर्गत चार सय तीन वटा एटिएम, ९५ वटा एक्स्टेन्सन काउन्टर र ४४ वटा शाखारहित बैंकिङ प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।  

अहिले एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्चाल बैंक हुन सफल भएको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार बैंकले ग्रामीण तथा दुर्गम स्थानसँगै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाएको छ।

अहिले १९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकमा वित्तीय परिसूतकहरु उत्साहप्रद रहेको छ। सूचना अधिकारी पाण्डेका अनुसार बैकले गत आर्थिक वर्षमा मात्रै तीन अर्ब १५ करोड रुपैयाँ बराबरको राजश्व तिर्न सफल बनेको छ।

बैक तथा वित्तीय क्षेत्रको न्यून उपस्थिति रहेका क्षेत्रहरु मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्ला लगायत कुनैपनि बैक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ स्थानीय निकायहरुमा शाखा विस्तार गरि कारोबार गर्दै आएको छ।

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, मंसिर ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्