Kathmandu Press

एमाले प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन कात्तिक १९-२० गते काठमाडौंमा

मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवल प्रवासी : समृद्ध नेपाल सुखी नेपाली नाराका साथ अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिएको हो।
एमाले प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन कात्तिक १९-२० गते काठमाडौंमा

काठमाडाैं, कात्तिक १६ : नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन कार्तिकको १९ र २० गते काठमाडौंमा हुने भएको छ।

मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवल प्रवासी : समृद्ध नेपाल सुखी नेपाली नाराका साथ अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन आयोजना गर्न लागिएको जानकारी दिएको हो।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ भने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पेश हुने मञ्चका सचिव रमेश पाण्डेले जानकारी दिए।

अधिवेशनमा ३५ देशबाट करिव ३ सय ५० जनाको सहभागीता रहने उनले बताए। अधिवेशनमार्फत नेपाली नागरिकताको निरन्तरता, विदेशमा बस्ने नेपालीहरुको मताधिकार, प्रवासमा आर्जन पुँजी ज्ञान प्रविधि, सीप लगाएतको नेपालमा आदान प्रदान लगाएतका विषयमा छलफल हुने सचिव पाण्डेले जानकारी दिए।

मञ्चले सन २०२२ मा आफ्नो विधान जारी गरि आफ्ना गतिविधिहरु विश्वव्यापीरुपमा सञ्चालन गर्दै आएको जनाएको छ। 

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, कात्तिक १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्