युवा उद्यमशिलताका लागि महानगर र यूएनडीपीबीच सम्झौता
काठमाडौं, मंसिर ३० : युवालाई उद्यमशिल बनाउनका लागि काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (यूएनडीपी)बीच सम्झौता भएको छ।
<....
काठमाडौं, मंसिर ३० : युवालाई उद्यमशिल बनाउनका लागि काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (यूएनडीपी)बीच सम्झौता भएको छ।
महानगर र यूएनडीपीबीच ‘काठमाडौं मेट्रोपोलिटन सिटी हब (के–हब)’ कार्यक्रम संचालनका लागि आइतबार सम्झौता भएको हो। जसमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडालबेले हस्ताक्षर गरेका छन्।
सम्झौतामा युवाका लागि उद्यमशिलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम संचालन गर्ने उल्लेख छ। सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर शहर युवाका लागि यो कार्यक्रम सुरू गरिने मेयर शाक्यले बताए। यो कार्यक्रममार्फत महानगरका युवालाई आयआर्जनमा लगाइने उनले बताए। ‘यसमा महानगरले लगानी गर्छ र आवश्यकताअनुसार लगानी साझेदारिता बढाउँदै लैजान सकिनेछ,’ उनले भने।
यूएनडीपीका आवासीय प्रतिनिधि लबेले स्थानीय स्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा बस्तुलाई बिक्री योग्य बनाउने र उत्पादिन सामानलाई बजारको पहुँचमा पुर्याउने लक्ष्यसहित यो कार्यक्रममा यूएनडीपी सहभागी भएको बताइन्। कम लागतमा गुणस्तरीय बस्तु उत्पादन, ढुवानी, भण्डारण र वितरण व्यवस्थाका लागि युवालाई प्रोत्साहित गरिने उनको भनाइ थियो।










-1754206481.jpg)
