Kathmandu Press

३१औं अरब लिग शिखर सम्मेलनमा सिद्वारा बधाई

अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । अरब लिगको ३१ औँ शिखर सम्मेलन अवसरमा सिले बधाई सन्देश पठाएका हुन्।
३१औं अरब लिग शिखर सम्मेलनमा सिद्वारा बधाई

बेइजिङ, कात्तिक १६ : चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिएका छन्।

अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । अरब लिगको ३१ औँ शिखर सम्मेलन अवसरमा सिले बधाई सन्देश पठाएका हुन्।

 अरब लिगले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्दै बहुपक्षीयता र विकासोन्मुख देशहरूको साझा हितको रक्षाका लागि निरन्तर प्रयास गरिरहेको उनले बताएका छन्।

चिनियाँ राष्ट्रपतिले अरब देशहरुबीचको ऐक्यबद्धतालाई सुदृढ गर्न अल्जेरियाको दीर्घकालीन प्रतिबद्धता, विकासशील देशहरुको वैधानिक अधिकार र हितको रक्षा गर्नको लागि सक्रिय भूमिकाको प्रशंसा गरेका छन्।

ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए। मंगलबार साँझ अल्जियर्समा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्