Kathmandu Press

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठुलो क्षतिको आशंका

विस्फोटमा ठुलो जनधनको क्षतिको आशंका गरिएको बताइएको छ। विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीले जनाएका छन्।
अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठुलो क्षतिको आशंका

काबुल, कात्तिक १६ : अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ।

सो विस्फोटमा परी ठुलो जनधनको क्षतिको आशंका गरिएको बताइएको छ। विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन्।

Hardik ivf

उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ।

उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ।

प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ। विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ।यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन।

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्