मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु
स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका ५४ वर्षीय मानबहादुर खपांगीको मंगलबार बेलुका मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।
विराटनगर, कात्तिक १६ : जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एकजनाको मृत्यु भएको छ।
स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका ५४ वर्षीय मानबहादुर खपांगीको मंगलबार बेलुका मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।
उनका अनुसार तेह्रथुमको आठराई गाउँपालिकाका खपांगी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका थिए।
खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो। खपांगीले तेह्रथुम कारागारमा दुई वर्ष बिताइसकेको जनाइएको छ। २०७६ मंसिर २४ गते तेह्रथुमबाट स्थानान्तरण गरेर उनलाई मोरङ ल्याइएको थियो।
पेटसम्बन्धी पुरानै समस्या भोगिरहेका खपांगीलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित मिति: १३:०८ बजे, बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार