Kathmandu Press

गठबन्धनका उम्मेदवारलाई जिताउने बनेपा पाण्डेगाउँबासीको चाहना

काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरूको चुनावी सभामा बोल्दै पाण्डेगाउँबासीहरूले यस्तो कुरा बताएका हुन् । ‘यस गाउँको बिकासको लागि लोकतान्त्रिक वाम गठबन्धनले बाहेक गर्न सक्दैन, हिजो पनि यिनै दलका नेताहरूले बिकास गरे अब पनि यिनैले गर्छन भन्ने बिश्वास छ ।’ पाण्डेगाउँबासीले भने, ‘हिजो पनि भोट तपाईहरूलाई नै दिएका हौँ, आज पनि तपाईहरूलाई नै दिन्छौँ र भोली पनि तपाईहरूकै लागि हो ।’
गठबन्धनका उम्मेदवारलाई जिताउने बनेपा पाण्डेगाउँबासीको चाहना

काठमाडौं, कात्तिक १६ : बनेपा नगरपालिका वडा नं. १ पाण्डेगाउँबासीको चाहना लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउने रहेको छ । पाण्डगाउँको हिजोको अवस्थाबाट आजको अवस्थामा परिर्वतन गर्न गठबन्धन दलको उम्मेदवारको रुपमा रहेका व्यक्तिहरूको अहम भूमिका रहेको उनीहरूको ठम्याई रहेका छन् ।

काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरूको चुनावी सभामा बोल्दै पाण्डेगाउँबासीहरूले यस्तो कुरा बताएका हुन् । ‘यस गाउँको बिकासको लागि लोकतान्त्रिक वाम गठबन्धनले बाहेक गर्न सक्दैन, हिजो पनि यिनै दलका नेताहरूले बिकास गरे अब पनि यिनैले गर्छन भन्ने बिश्वास छ ।’ पाण्डेगाउँबासीले भने, ‘हिजो पनि भोट तपाईहरूलाई नै दिएका हौँ, आज पनि तपाईहरूलाई नै दिन्छौँ र भोली पनि तपाईहरूकै लागि हो ।’

Hardik ivf

चुनावी सभामा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटाले यस क्षेत्रको बिकासका लागि धेरै दुःख गरेको बताए । उनले भने, ‘हामीहरू मिलेर नाला भक्तपुरको सडक होस वा अन्य बिकास निर्माणको काम होस मिलेरै गरहेका हौँ, अब पनि मिलेरै गछौँ ।’ बिकास निर्माणमा यसरी खटिएको तर अहिलेसम्म आफु लगायत उम्मेदवारहरू कसैको टेप प्रकरण नआएको उनले बताए । भ्रष्टाचारमा लिप्त नेताहरू फेरी पनि उम्मेदवार बनेकोले मत नदिन मतदाताहरूलाई सापकोटाले अनुरोध गरे । 

काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिव प्रसाद हुमागाईले हिजो आफु सांसाद हुदा बिकास निर्माणका थुप्रै काम गरेको बताए ।  प्रतिनिधि सभा क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार कञ्जनचन्द्र बादे श्रेष्ठले यस अगाडी सांसदको उम्मदवार हुदा भोट माग्न आउने क्रममा बाइकमा आएको, बाईकमा पनि हिलोले भिजेर कपडा फेरी आउनु पर्ने अवस्था रहेको र अहिले गाडीमा आउन सक्ने अवस्था बनाएको बताए । 

नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला संयोजक तथा समानुपतिक उम्मेदवार भोला अर्यालले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा २ का शिव प्रसाद हुमागाई र प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र वादेले निर्वाचन औपचारिक रुपमा जितिसकेको घोषणा हुन मात्र बाँकी रहेको दाबी गरे । साथै उनले गठबन्धन दलका नेता कार्यकर्ताहरूले यो समयमा कुनै अपेक्षा नलिई हाम्रा उम्मेदवारहरूलाई सहयोग गर्न निर्देशन समेत दिए ।

प्रकाशित मिति: ०६:४६ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्