Kathmandu Press

धुलिखेल सहइन्चार्जसहित ४० जनाले एमाले छाडे 

यसरी एमाले छाड्नेहरुमा युवा संघ केन्द्रिय सदस्य बिरेन्द्र लामा (निमा), युवा संघ नेपालका प्रदेश कमिटी सदस्य बिजय लामा, जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दिपक गोले रहेका छन् । 
धुलिखेल सहइन्चार्जसहित ४० जनाले एमाले छाडे 

काठमाडौं, कात्तिक १५ : एमाले धुलिखेल नगर सहइन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । 

पार्टीमा बढदै गएको व्यक्तिवादी प्रवृत्तिको बिरोध गर्दै तामाङ सहित ४० जना एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

यसरी एमाले छाड्नेहरुमा युवा संघ केन्द्रिय सदस्य बिरेन्द्र लामा (निमा), युवा संघ नेपालका प्रदेश कमिटी सदस्य बिजय लामा, जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दिपक गोले रहेका छन् । 

312381258_649550023551609_9175844944535164601_n1667314098.jpg

एमाले र माओवादी केन्द्र एक भएर बनेपछि एमालेमै रहेतापनि एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै लोकतान्त्रिक बाम गठबन्धनलाई सहयोग गर्ने गरी पुरानै पार्टीमा फर्केको उनीहरुको भनाई छ । 

प्रकाशित मिति: २०:१४ बजे, मंगलबार, कात्तिक १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्