Kathmandu Press

प्रधान सेनापति र अमेरिकाका राजदूतबीच भेटवार्ता 

जङ्गी अड्‍डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
प्रधान सेनापति र अमेरिकाका राजदूतबीच भेटवार्ता 
Hardik ivf

काठमाडौं, कात्तिक १५ : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

जङ्गी अड्‍डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ । 

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्