Kathmandu Press

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता 

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता 

काठमाडौं, कात्तिक १५ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ। 

प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, कात्तिक १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्