Kathmandu Press

कम्युनिष्ट र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं : एमाले नेता अधिकारी

कम्युनिष्ट र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं : एमाले नेता अधिकारी

काठमाडौं, कात्तिक १५ : नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताएका छन् ।

एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने योजनाका साथ अघि बढिएको बताए। 

कास्की क्षेत्र नं १ प्रदेशसभा (१)का  प्रदेशसभा सदस्यका उम्मेदवार अधिकारीले समृद्धि र विकासको स्पष्ट योजनाका साथ एमाले चुनावी अभियानमा लागेको बताए। उनले जनताले एमालेमाथि आशा भरोसा गरेको बताए। गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेको भविष्य, पार्टी सङ्गठनलाई हेरेर अन्य दलका व्यक्तिहरू पार्टीमा आकर्षित भएको बताए। 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, कात्तिक १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्