Kathmandu Press

विप्लव नेतृत्वको नेकपाले चुनावलाई खारेज गर्दै देशभर भण्डाफोर अभियान चलाउने 

विप्लव नेतृत्वको नेकपाले चुनावलाई खारेज गर्दै देशभर भण्डाफोर अभियान चलाउने 

काठमाडौं, कात्तिक १५ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सशक्त ढंगले खारेज गर्ने निर्णय गरेको छ ।

 पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपाले आगामी निर्वाचनलाई सशक्त ढंगले खारेज गर्ने र यसका लागि देशव्यापी चूनावी भण्डाफोर गर्ने जनाएको हो ।

Hardik ivf

त्यस्तै निर्वाचनमा भाग नलिन जनताहरुलाई अपिल गर्ने निर्णय गर्दै नेकपाले प्रचारात्मक कार्यक्रममा राज्यले दमन गरे उचित प्रतिरोध गर्ने निर्णय पनि गरिएको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए। संसदीय चूनाव खारेजी अभियानलाई सहयोग पुग्ने गरि सांस्कृतिक अभियान सञ्चालन गर्ने पनि निर्णय भएको उनले बताए । बैठकले २९ सदस्यीय पोलिटव्युरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको बुढामगरले जानकारी दिए। 

पत्रकार सम्मेलनमा नेकपाका प्रवक्ता प्रकाण्डले आफुहरुको संघर्ष सरकारसंग भएको सहमति कार्यान्वयन गराउनका लागि दवाव दिन भएको बताए। मंगलबार नै आफुहरुले प्रधानमन्त्रीसंग भेटेर सहमति कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिएको उहाको भनाई छ । प्रधानमन्त्री देउवाले माग सम्बोधन गर्न आफू सकारात्मक रहेकाले छिट्टै पुरा गर्ने आश्वासन दिएको प्रकाण्डले बताए। 

वैठकले नेकपा नेता वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्