Kathmandu Press

मेरो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी हो : मन्त्री कार्की

मेरो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी हो : मन्त्री कार्की

सुनसरी, कात्तिक १४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो जन्मस्थल भोजपुर भए पनि कर्मस्थल सुनसरी भएको बताएका छन।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ मा आज आयोजित कार्यकर्ता भेटघाटमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विसं २०७४ को निर्वाचनमा आफ्नो विषयमा विभिन्न किसिमको अनरगल प्रचारप्रसार गरेको भए पनि यस क्षेत्रका जनताले आफूमाथि विश्वास गरेको र यसपटक फेरि विश्वास गर्ने दाबी गरे। विसं २०७४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भइरहँदा विभिन्न ठाउँ, चौकचौरहा, चिया पसलमा भोजपुरबाट आएर यहाँ चुनाव लडेको विषयमा गलत नियतले विपक्षी उम्मेदवारले प्रचारप्रसार गरेको बताए।

Hardik ivf

मन्त्री कार्कीले नेपालको संविधानअनुसार नेपाली नागरिकले एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये जुनसुकै व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था भएको बताए। जनताले विश्वास गरेर विजयी गराएपछि आफ्नो क्षमताले भ्याएसम्म काम गरेको उल्लेख गर्दै उनले भने, 'विसं २०७४ को निर्वाचनका बेलामा जनतासामु मैले गरेको प्रतिबद्धतामा ८० प्रतिशत पूरा गरेको छु।'

गत निर्वाचनमा आफूले मत माग्ने क्रममा जनतासामु विद्यालय, सडक, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायत विषयमा गरेको प्रतिबद्धता पूरा गरेको र बाँकी रहेको समस्यासमेत समाधान गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्ने मन्त्री कार्कीले स्पष्ट पारे। आफूले सुनसरी क्षेत्र नं ४ मा गरेको विकास निर्माणको कार्य देखेर विपक्षी दलका उम्मेदवार आत्तिएको कारणले आफ्नो विषयमा विभिन्न किसिमका नकारात्मक प्रचारप्रसारमा उत्रिएको मन्त्री कार्कीले बताए।

प्रकाशित मिति: २०:२४ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्