चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पाँच जना पक्राउ

मोरङ, कात्तिक १४ : झापाकाे दमक नगरपालिका १० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्याकाे अभियाेगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना किशोर रहेका छन्।
उर्लाबारी नगरपालिका ७ मौवा खोलास्थित छठ मेलामा गएको बेलामा उनीहरूको छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हाे।
घटनाबारे अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १८:५४ बजे, सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












