Kathmandu Press

स्थानीयको उठिबास लाग्नेगरी मोतिपुर औद्योगिक क्षेत्रको काम अघि बढ्दैन : गृहमन्त्री खाण

स्थानीयको उठिबास लाग्नेगरी मोतिपुर औद्योगिक क्षेत्रको काम अघि बढ्दैन : गृहमन्त्री खाण

काठमाडौं कात्तिक १४ : गृहमन्त्री बालकृष्ण खाणले मोतीपुर औद्योगिक क्षेत्र स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्नेगरी निर्माण गरिने बताएका छन। बुटवल उपमहानगरपालिका १७ मा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाणले स्थानीयको उठिबास लाग्नेगरी संरचना निर्माण नगरिने बताएका हुन।

औद्योगिक क्षेत्र अब स्मार्ट हुने उनको भनाइ छ। अहिलेको क्षेत्रफल धेरै भएको भन्दै उनले क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूलाई मर्का नपर्ने गरी संरचना निर्माणको योजनामा सरकार रहेको बताए। यस क्षेत्रका जनताका समस्या दिगो रूपमा समाधान गर्नेतर्फ सरकार लागि परेको गृहमन्त्री खाणले बताए। ‘स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्ने गरी औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमूना औद्योगिक क्षेत्रका रूपमा विकास गरिनेछ,’, उनले भने, ‘यस क्षेत्रका वासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गरिनेछ । यसमा म कटिबद्ध छु । यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।’

Hardik ivf

वर्तमान सरकार निर्माण भएपछि औद्योगिक क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्ने गरी काम सुरु गरेको उनको भनाइ थियाे।

खाणले विकास जरुरी रहे पनि स्थानीय बासिन्दाको व्यवस्थापन नगरी कुनै पनि योजनालाई जबरजस्त अगाडि बढाउन नहुने बताए। ‘विकास जनताका लागि हो, त्यही विकासले कसैलाई उठिबास गर्छ, घरबारबिहीन बनाउँछ, प्रताण्डित गर्छ भने त्यसको अर्थ रहँदैन’, उनले भने, ‘जहाँ विकास गरे पनि स्थानीयका माग सम्बोधन गर्दै स्थानीयलाई व्यवस्थापनको राम्रो प्रबन्ध गरेर काम अघि बढाउनुपर्छ।’

गृहमन्त्री खाणले तिनाउ नदीको छेउछाउमा स्थानीयलाई अधिकतम लाभ मिल्ने गरी व्यापारिक प्रयोजनका लागि ६ लेनको सडक निर्माण गर्ने बताए। ‘त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनेछ, साथै हरियाली पार्कहरुको समेत निर्माण गरिने छ’, उनले भने, ‘यहाँ हुने अवसरमा स्थानीयलाई प्राथमिकता दिइने छ।’

खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुन।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्