Kathmandu Press

रूसी राष्ट्रपति पुटिन, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री  देउवाले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनका साथै भारत सरकार र त्यहाँका जनताप्रति समवेदना व्यक्त गरेका छन्।
रूसी राष्ट्रपति पुटिन, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

नयाँदिल्ली, कात्तिक १४ : आइतबार गुजरातमा पुल भाँच्चिएर धेरैको अमूल्य जीवनमा भएको क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिभिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायत विश्वका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन्। 

राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्। उनले सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रधानमन्त्री  देउवाले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनका साथै भारत सरकार र त्यहाँका जनताप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। 

झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ। एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन्।

दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो। हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ। कैयौँ हराइरहेका छन्। 

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, कात्तिक १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्