ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित
देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९५ र बोल्सोनारोले ४९.१५ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।
साओ पाउलो, कात्तिक १४ : ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन्।
देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९५ र बोल्सोनारोले ४९.१५ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ।
नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन्भने उहाँका प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिक रूपमा निर्वाचन स्वीकार गरिनसकेका नेता लुलाले बताएका छन्।
यहाँ भएको विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिएका हुन्। 'आज एकमात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,' उनले आफ्नो जितको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भने।
सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय भएको थियो । साथै उहाँलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । पाँच सय दिनभन्दा बढी समय कारागारमा बिताएपछि अदातलले उहाँ रिहा गर्दै उहाँमाथि लगाइएको राजनीतिक प्रतिबन्ध पनि खारेज गरेको थियो ।
ब्राजिलमा सन् १९८५ मा लोकतन्त्र पुनः स्थापना भएपछि पदमा रहेका राष्ट्रपति निर्वाचनमा पहिलोपटक पराजित भएका हुन् । बीस लाखभन्दा मतले उनी पराजित भएका छन्। सन् २०१४ को राष्ट्रपतीय निर्वाचनमा विजयी उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीकोभन्दा ३५ लाख भोट बढी ल्याएका थिए ।












