Kathmandu Press

ऐतिहासिक कात्तिक नाच आइतबार रातिबाट सुरु

३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ। कात्तिक नाच संरक्षण समितिका अनुसार सुरदास प्याँख देखाएर कात्तिक नाच सुरु भएको हो।
ऐतिहासिक कात्तिक नाच आइतबार रातिबाट सुरु

ललितपुर, कात्तिक १४ : ललितपुरको ऐतिहासिक कात्तिक नाच आइतबार रातिबाट सुरु भएको छ।

३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ। कात्तिक नाच संरक्षण समितिका अनुसार सुरदास प्याँख देखाएर कात्तिक नाच सुरु भएको हो।

विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरकफरक नाचहरु देखाइने गरिन्छ। नाचमा दैत्य जगाउने परम्परा छ।

कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ। कात्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार कात्तिक २० गते देखाइनेछ।

यस नाचमा राजोपाध्याय, श्रेष्ठ,  प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको समितिले जनाएको छ। 

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, कात्तिक १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्