Kathmandu Press

राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल

राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल

काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताएका छन्। नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले श्रेष्ठको जीवन लोकतन्त्रको संरक्षणमा बितेको बताए। उनले राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेताका रुपमा श्रेष्ठ रहनुभएको उल्लेख गरे।

पौडेलले भने, ‘मैयाँदेवीले जसरी समाजलाई दयामाया र सद्भावको दृष्टिले हेर्नुभयो त्यो एउटा मानवीयताको उदाहारण हो ।’ मैयाँदेवीलाई चिरस्थायी बनाउने र इतिहास जीवित राख्ने काम कन्या कलेज र सामाजिक सङ्घसंस्थाबाट भएको उनले बताए।

Hardik ivf

उनले भने, ‘अहिले वातावरणको सबैभन्दा ठूलो समस्या रहेको छ । यो समयमा राम्रो प्रकृति र हरियाली बनाउन मैयाँदेवी पार्क बनाएर उहाँको जीवनलाई चिरस्थायी बनाउँ र सम्पत्ति ट्रष्टमा परिणत गरौँ।’

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मैयाँदेवीको आदर्श र गन्तव्यमा पार्टी लाग्नुपर्ने बताए । उनले संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको भएको भन्दै यसलाई क्षत्विक्षत बनाएर कांग्रेस अघि बढ्न सक्दैन भने। उनले भने, ‘संविधानको रक्षाका लागि गठबन्धन बनेको हो । यसको जीत आवश्यक छ।’ राज्यमन्त्री उमेश श्रेष्ठले मैयाँदेवीको राजनीतिक र सामाजिक योगदानको चर्चा गरे। उनले गठबन्धनका दलले निर्वाचन जिते मात्र संविधानको सुरक्षा हुने बताए। 

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायण दाहाल, नेकपा एमाले बागमती प्रदेश सचिव विजय सुवेदी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेकपा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीलगायतले मैयाँदेवीको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए। श्रेष्ठको यही कात्तिक ५ गते निधन भएको हो। 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्