Kathmandu Press

झापामा सिटी सफारी दुर्घटना हुँदा एकजनाकाे मृत्यु

मृत्यु हुनेमा दमक-५ का रणबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
झापामा सिटी सफारी दुर्घटना हुँदा एकजनाकाे मृत्यु

झापा, कात्तिक १४ : झापामा सिटी सफारी दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा दमक-५ का रणबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

Hardik ivf

आइतबार बेलुकी ७ बजे शिवसताक्षी–१ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खड्काले सामान झार्ने क्रममा एक्कासि सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो।

सिटीले किचेर बेहोस भएका ४८ वर्षीय खड्काको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्