Kathmandu Press

छठको अवसरमा मधेसमा आज सार्वजनिक बिदा

संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन हिजो बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।
छठको अवसरमा मधेसमा आज सार्वजनिक बिदा

काठमाडौं, कात्तिक १४ : मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको हो ।

संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन हिजो बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।

प्रकाशित मिति: ०७:०० बजे, सोमबार, कात्तिक १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्