Kathmandu Press

‘दाप्चा सडक कालोपत्रे मेरो पहलमा भएको हो’ : हर्षजित लामा 

लोकतान्त्रिक –बाम गठबन्धनले नमोबुद्ध –८, दाप्चा तल्लोहटियामा गरेको कोणसभामा बोल्दै काग्रेस काभ्रेका पुराना नेता लामाले पहिलो संविधानसभा आफू निर्वाचित भएपछि गरेको पहल सार्थक भएर राणाकालमा बनेको बाटो कालोपत्रे भएको बताए ।
‘दाप्चा सडक कालोपत्रे मेरो पहलमा भएको हो’ : हर्षजित लामा 

काठमाडौं, कात्तिक १३ : संविधान सभा सदस्य समेत रहेका कांग्रेस महासमिति सदस्य हर्षजित लामाले दाप्चा काक्रे सडक कालोपत्रे गर्न आफूले पहल गरेको बताएका छन् । 

लोकतान्त्रिक –बाम गठबन्धनले नमोबुद्ध –८, दाप्चा तल्लोहटियामा गरेको कोणसभामा बोल्दै काग्रेस काभ्रेका पुराना नेता लामाले पहिलो संविधानसभा आफू निर्वाचित भएपछि गरेको पहल सार्थक भएर राणाकालमा बनेको बाटो कालोपत्रे भएको बताए ।

Hardik ivf

 ‘यो क्षेत्रको जनप्रतिनिधीको रुपमा म निरन्तर काम गरिरहेको छु, पहिलो संविधानसभामा म निर्वाचित भएपछि मैले दाप्चा सडक कालोपत्रे गर्नको लागि मैले पहल गरेको हुुुँ, अर्थमन्त्री बर्षमान पुनलाई डेलिगेसन पनि गयौैं,’ उनले भने, ‘सचिव राजन खनालले पनि यसमा भुमिका खेल्नुभएको छ, हामीले गरेको काम एमालेले आफूले गरेको भन्दै प्रचार र उद्धघाटन गरेको छ, यो भ्रम बाहेक केही होइन ।’ 

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फका उम्मेदवार सुर्यमान दोङ (लालध्वज) ले काभ्रेभञ्ज्याङ–दाप्चा–काक्रे सडकको बा“की खण्ड कालोपत्रे गर्न  प्रदेश सभा सदस्य उम्मेदवार रहेका तिर्थ लामालाई साथमा लिएर आफूले पहल गर्ने बताए ।

प्रदेश सभा १ (ख) का उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तिर्थ लामाले विकास निर्माणका बारेमा विपक्षीले भ्रम छरेको भन्दै त्यो नपत्याउन अनुरोध गरे । उनले दाप्चा सडकको बाँकी खण्ड आफूले कालोपत्रे र स्तरोन्नती गर्न आफूले पहल गर्ने बताए । 

माओवादी केन्द्रका जिल्ला सदस्य हरि तिमल्सिनाले दाप्चा क्षेत्रको विकास एउटाले गर्ने र प्रचार अरुले गर्ने काम भएको भन्दै अबको निर्वाचनपछि त्यो अवस्था चिरिने बताए । नमोबुद्ध नगर संयुक्त निर्वाचन परिचालन समितिका सदस्य नवराज अधिकारी, रामेश्वर अधिकारी, वडा नं ८ निर्वाचन परिचालन समितिका संयोजक रहेका कांग्रेस इकाई सभापति रामसुन्दर श्रेष्ठले दाप्चा क्षेत्रको विकासको लागि लोकतान्त्रिक –बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्