Kathmandu Press

ट्रक र अटो ठोक्किँदा धनकुटामा दुई जनाको ज्यान गयो

काठमाडौं, मंसिर ३० : धनकुटाको छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अ....

ट्रक र अटो ठोक्किँदा धनकुटामा दुई जनाको ज्यान गयो

काठमाडौं, मंसिर ३० : धनकुटाको छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको सिधुवा प्रहरी चौकी, धनकुटाले जनाएको छ । दुर्घटनामा घाइते भएका दुई जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

धरानतर्फ जाँदै गरेको ट्रकले र हिलेबाट जोरपाटी बजारतर्फ आउँदै गरेको को २ ह ६६११ नम्बरको अटोलाई आइतबार दिउँसो १२ ठक्कर दिएको थियो । घटनालगत्तै ट्रक र ट्रक चालकलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकका आफन्त, स्थानीयवासी र अटो चालकहरुले जक्का जाम गरेका थिए । 

प्रकाशित मिति: ०७:२५ बजे, सोमबार, मंसिर ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्