Kathmandu Press

कांग्रेस नेता कोइराला अस्वस्थ

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् । 
कांग्रेस नेता कोइराला अस्वस्थ

काठमाडौं, कात्तिक १३ : नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् । 

Hardik ivf

उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी अस्वस्थ भएका हुन् ।

अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको दिमाख  (ब्रेन) मा रक्तप्रवाह कम भएको बताए । 

चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ । आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए । अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।

प्रकाशित मिति: २०:१८ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्