Kathmandu Press

एमाले उम्मेदवार चन्द्र लामाको टोलमा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

एमाले उम्मेदवार चन्द्र लामाको टोलमा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

दारिम्बोट, कात्तिक १३ : प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा एमालेका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार चन्द्र लामाको टोल दारिम्बोटमा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ ।

चुनावी कार्यक्रम अन्तर्गत नमोबुद्ध–८, दारिम्बोट, पिपलटार, वडा नं ९, गहते पुगेका गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार सुर्यमान दोङ (लालध्वज), प्रदेश सभा १ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार तिर्थ लामा, नेकपा (एकिकृत समाजवादी)बाट प्रतिनिधी सभा सदस्य पदका समानुपातिक उम्मेदवार रामदेवी तामाङ, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार सुन्तली थिङ लगायतका नेता कार्यकर्तालाई दारिम्बोटवासीले भव्य स्वागत गरेका हुन् । विभिन्न स्थानमा सगुन, फुलमालासहित स्थानीयले स्वागत गर्दै विजयीको शुभकामना व्यक्त गरेका थिए ।

गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार सुर्यमान दोङ (लालध्वज), प्रदेश सभा १ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार तिर्थ लामा एमालेबाट प्रदेश सभा सदस्य उम्मेदवार चन्द्र लामाको दारिम्बोटमा रहेको घरमा पुगेर उनका आमा, बुबासंग समेत आर्शिवाद लिएका थिए ।

गठबन्धनका उम्मेदवारहरुले स्थानीयहरुले यहाँको बाटोको अवस्था सुधार नभएको भन्दै सुधारको पहल गरिदिन अनुरोध गरेका थिए । उम्मेदवारहरुले विकास सधै आफ्नो प्राथमिकता भएको भन्दै आफू निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, कात्तिक १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्