Kathmandu Press

छठका अवसरमा मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरेर कात्तिक १४ गते सोमबार पनि मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी दिएको हो।
छठका अवसरमा मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा

वीरगन्ज, कात्तिक १३ : मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा भोलि (सोमबार) पनि सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरेर कात्तिक १४ गते सोमबार पनि मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी दिएको हो।

मुख्यमन्त्री लालबाबु राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामनासमेत दिइएको छ। 

संघीय सरकारले भने छठको मुख्य दिन (कात्तिक शुक्ल षष्ठी) मा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक बिदा दिने गरेको छ। तर सप्तमीको दिन बिहान सूर्यलाई अघ्र्य दिएपछि मात्रै छठपर्व समापन हुने भएकाले उक्त प्रदेशमा थप एक दिन बिदा दिइएको हो।

'सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनी कामना गर्दछौं,’ मुख्यमन्त्री राउतले भनेका छन्।

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, कात्तिक १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्