Kathmandu Press

पुस्तक बिक्रीको रकम मानवीय सेवामा

पुस्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा. कैनीले बताए। 
पुस्तक बिक्रीको रकम मानवीय सेवामा

काठमाडौं, कात्तिक १३ : नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गरेको छ।   

पुस्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा. कैनीले बताए। 

Hardik ivf

उनले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको रु २१ हजार आठ सय ६० आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरे। सो क्रममा उनले पुस्तकबाट जति पनि रकम आउँछ, सबै आश्रमलाई दिने बताउनुभएको लामाले जानकारी दिए। 

केन्द्रीय सदस्य लामाले परोपकारी व्यक्तिको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडकआश्रित) मानवहरुहरुको पालनपोषण भइरहेको बताए। उनले डा. कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताए।

डा. कैनीले हालै अदृश्य मनका सादृश्यहरू, सिमाहीन सिमा र रङको पहिचान, भिसागर्ल, र प्रतिबिम्ब गरी एकैसाथ पाँच कृति सार्वजनिक भएको थियो। 

'मेरा यी पाँच कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु, यसले आश्रमको सेवालाई थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ,' डा. कैनीले भने। 

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिकस्थलमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर  मानिसको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ।

परामर्शका क्रममा परिवार भेटिएकाको पारिवारिक पुनर्मिलन पनि गराउँदै आएको छ।

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्