Kathmandu Press

थप २० जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको २ सय २९ पिसिआर परीक्षणका क्रममा ९ जना र ८ सय ५५ एन्टिजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १३ : नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ सय २९ पिसिआर परीक्षणका क्रममा ९ जना र ८ सय ५५ एन्टिजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्