Kathmandu Press

माओवादी केन्द्रले भाेलि घोषणापत्र सार्वजनिक गर्ने

भाेलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने माओवादी केन्द्रले जनाएकाे छ।
माओवादी केन्द्रले भाेलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, कात्तिक १३ : नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र भाेलि (सोमबार) सार्वजनिक गर्ने भएको छ।

भाेलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने माओवादी केन्द्रले जनाएकाे छ।

माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सदस्यहरू देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, परशुराम रम्तेल, जगत सिंखडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी घोषणापत्र मस्याैदा निर्माण समिति बनाएको थियो।

माओवादीकाे केन्द्रकाे घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख रहेकाे जनाइएकाे छ। त्यसमा समाजवाद उन्मुख अर्थव्यवस्थाको व्याख्यासमेत गरिएको पनि जनाइएकाे छ।

प्रकाशित मिति: १५:४५ बजे, आइतबार, कात्तिक १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्