Kathmandu Press

पतिपत्नी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–१३ का ६० वर्षीय डम्बर बोहरा र उनकी पत्नी ५७ वर्षीया पत्नी पार्वती बोहरा घरनजिकै रुखमा झुन्डिएको अवस्था आइतबार फेला परेका हुन्।
पतिपत्नी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

नेपालगन्ज, कात्तिक १३ : बाँकेको कोहलपुरमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–१३ का ६० वर्षीय डम्बर बोहरा र उनकी पत्नी ५७ वर्षीया पत्नी पार्वती बोहरा घरनजिकै रुखमा झुन्डिएको अवस्था आइतबार फेला परेका हुन्।

उनीहरूले आत्महत्या गरेका हुन् वा कसैले हत्या गरेर झुन्ड्याएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका भनाइ उद्धृत गर्दै प्रहरीले उनीहरू केही दिनदेखि बेपत्ता रहेको जनाएको छ। 

घटनास्थल वनभोज खाने ठाउँ रहेको र त्यहाँ पुगेकाहरूले उनीहरूलाई झुन्डिएको अवस्थामा देखेको र प्रहरीलाई खबर गरेको जनाइएको छ। 

प्रकाशित मिति: १४:५९ बजे, आइतबार, कात्तिक १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्