नेपालगन्जमा चुरागोदाममा आगलागी हुँदा एकको मृत्यु
नेपालगन्ज उपमहानगरपालिका–५ रामबागस्थित मो. आरिफ अन्सारीको चुरागोदाममा आइतबार बिहान ५ बजे आगलागी हुँदा समीर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपालगन्ज, कात्तिक १३ : नेपालगन्जको रामनगरमा रहेको चुरागोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका–५ रामबागस्थित मो. आरिफ अन्सारीको चुरागोदाममा आइतबार बिहान ५ बजे आगलागी हुँदा समीर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीले गोदाम पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरीकार्यालय बाँकेले जनाएको छ। आगलागीका क्रममा ठुलो विस्फोट भएको पनि जनाइएको छ।
के कारणले आगलागी भयो भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:४९ बजे, आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार