Kathmandu Press

यस बर्ष विश्वभर किन बढ्यो हातहतियारको बिक्रि?

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युट (एसआइपिआरआइ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् २०१८ मा हातहतियारको बिक्री झण्डै पाँच प्रतिशतले बढेको छ। हातहतियार....

यस बर्ष विश्वभर किन बढ्यो हातहतियारको बिक्रि?

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युट (एसआइपिआरआइ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् २०१८ मा हातहतियारको बिक्री झण्डै पाँच प्रतिशतले बढेको छ। हातहतियारको बजारमा अमेरिकाको वर्चश्व रहँदै आएको छ।

सय ओटा ठूला हतियार उत्पादकको कुल कारोबार चार खर्ब २० अर्ब अमेरिकी डलर पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यसमा सबैभन्दा ठूलो हिस्सा अमेरिकी बजारको छ। अमेरिकी उत्पादकहरूले बजारमा ५९ प्रतिशत हिस्सा ओगटेका छन्। उनीहरूको बजार मुल्य दुई खर्ब ४६ अर्ब अमेरिकी डलर छ। अघिल्लो वर्षको तुलनामा यो ७.२ प्रतिशत बढी हो। “एक वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो,” एसआइपिआरआइका निर्देशक आउड फ्लरेन्टले बताइन्। चीन र रूस विरूद्ध अमेरिकालाई बलियो बनाउन हातहतियारलाई आधुनिकीकरण गर्ने ट्रम्प प्रशासनको निर्णयबाट अमेरिकी कम्पनीहरूले लाभ लिइरहेका छन्।

Hardik ivf

हातहतियार उत्पादनमा रूस दोश्रो स्थानमा छ। बजारमा रूसको हिस्सा ८.६ प्रतिशत छ। त्यसपछि संयुक्त अधिराज्यको ८.४ प्रतिशत र फ्रान्सको ५.५ प्रतिशत बजार छ। पर्याप्त तथ्याङ्क उपलब्ध नभएकोले अध्ययनमा चीनलाई समावेश गरिएको छैन। तर एसआइपिआरआइको अनुमानमा हातहतियार उत्पादन गर्ने सय शीर्ष कम्पनीहरूमा तीनदेखि सातोटा चिनियाँ कम्पनी छ।
“थुप्रै क्षेत्रमा सशस्त्र द्वन्द्व र गम्भीर तनाव चलिरहेकोले माग बढेको” एयरबस र एबिडिएजस्ता युरोपका दुई ठूला कम्पनीले पनि बताएको फ्लरेन्टले बताइन्। सन् २०१३ देखि प्रत्येक वर्ष चीनले कुल ग्राहस्थ उत्पादनको १.९ प्रतिशत प्रतिरक्षामा खर्च गर्दै आएको छ।

रूसको शीर्ष कम्पनी अल्माजआन्तेइ सुचिको ९औं स्थानमा उक्लिएको छ। कम्पनीले ९.६ अर्ब अमेरिकी डलर अर्थात अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत धेरै कारोबार गरेको छ। “यो वृद्धि बलियो घरेलु मागको आधारमा मात्रै बढेको होइन। विदेशमा गरिएको बिक्रीमा पनि वृद्धि भएको छ। विशेष गरि एस४०० हवाइ प्रतिरक्षा प्रणालीको निर्यात बढेको छ,” प्रतिवेदनमा भनिएको छ।
नेटोको सदस्य राष्ट्र टर्की खरिदकर्तामध्ये एक हो। अमेरिकाले प्रतिबन्ध लगाउने धम्की दिए पनि टर्कीले उक्त प्राणली खरिद गरेको छ। टर्कीको हातहतियार उद्योगका दुई व्यवसाय शीर्ष सय कम्पनीमा परेको छ। उनीहरूले २.८ अर्ब अमेरिकी डलरको कारोबार गरेको छन्। अघिल्लो वर्षको तुलनामा यो २२ प्रतिशतको वृद्धि हो।

“हातहतियारको वितरणमा टर्की आत्मनिर्भर बन्न चाहन्छ। त्यसैले जल, थल र हवाइ प्रणाली, मिसाइल लगायतका सबै खण्डमा हातहतियारको उत्पादन क्षमता बढाइरहेको छ,” फ्लरेन्टले भनिन्। “टर्की कुर्दसँग सशस्त्र द्वन्द्रा पनि छ। यसले पनि हातहतियारको माग बढाउँछ।” अमेरिकी कम्पनी लकहिड मार्टिन विश्वकै ठूलो हातहतियार उत्पादक हो। सन् २००९ देखि यहि कम्पनी सूचिको
शीर्ष स्थानमा रहँदै आएको छ। गएको वर्ष कम्पनीले ४७.३ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेको छ। विश्व बजारमा कम्पनीको हिस्सा ११ प्रतिशत छ।

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, मंसिर ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्