Kathmandu Press

देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा

देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा

खोटाङ, कात्तिक १३ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ। विसं २०७५ मा देउसी÷भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष रु चार लाख ६१ हजार ३२५ पुगेको हो ।

तीन लाख ५० हजार मुलधन रहेको कोषमा यस वर्षको तिहारमा खेलिएको देउसी÷भैलो कार्यक्रमबाट रु एक लाख ११ हजार ३२५ रकम थप हुँदा मुलधन रु चार लाख ६१ हजार ३२५ पुगेको वडाध्यक्ष एवम् कोष सञ्चालक समितिका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिएका छन् । 

Hardik ivf

'आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवम् मुटु, मिर्गौला, क्यान्सर जस्ता दीर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ,' उनले भने, 'देउसीको दानबाट शुरु गरिएको कोषलाई बृद्धि गर्दै आगामी दिनमा कम्तिमा रु ५० लाख मुलधन पु¥याएर सो को ब्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ।'

हालसम्म प्राकृतिक प्रकोपमा परेका सोल्माका अशक्त व्यक्ति तथा परिवारलाई रु एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ । दुबै मिर्गौला फेल (काम नलाग्ने)भएका स्थानीय राजकुमार राईलाई रु दश हजार, आगलागी पीडित कर्मबहादुर राईलाई रु पाँच हजार र मिर्गौला रोगी ध्रुबबहिनी राईलाई रु तीन हजार प्रदान गर्दै चार वर्षअघि विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो।

यस वर्षको तिहारमा एक दिन खेलिएको देउसी÷भैलो कार्यक्रमबाट कोषको मुलधन रु साढे चार लाख नाघेको जनाइएको छ । आगामी वर्षको तिहारमा कम्तिमा पनि दुई दिन देउसी÷भैलो कार्यक्रम आयोजना गर्ने योजना बनाइएको वडाध्यक्ष राईले बताए।

प्रकाशित मिति: १०:०१ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्