गठबन्धनका उम्मेदवारलाई मतदाताले भने- तपाइहरु बिकास दिनोस हामी भोट दिन्छौ

काभ्रे, कात्तिक १३ : काभ्रेको नमोबुद्ध नगरपालिका ६ र ७ का मतदाताले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग विकास मागेका छन् ।
यस भेगमा आएको विकासलाई एमालेले काटेको आरोप लगाउँदै यस्पालिको भोट लोकतान्त्रिक वाम गटबन्दनलाई दिने तर आफुहरुलाई विकास दिनुपर्ने बताएका हुन्।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रमको क्रममा उनीहरुले यस्तो बताएका हुन्। नमोबुद्ध नगरपालिका ७ का स्थानीय इन्द्रमान तामाङले संसद् विघटन गर्नेलाई भोट दिएर फेरि सांसद नबनाउने बताएका छन्।
एमालेले विघटन गरेको संसदलाइ वाम लोकतान्त्रिक गठबन्धनले फिर्ता ल्याउन सफल भएकोले अब गठबन्धनलाई भोट दिएर विजयी गराउने तामाङको भनाइ छ।

काभ्रेभन्ज्याङ-दाप्चा-काक्रे सडक सम्पन्न भयो भनेर रोक्ने काम तत्कालिन एमालेको सरकारले गरेको तामाङले आरोप लगाए । ती अपुरो सडकलाइ पूरा गठबन्दनको उम्मेदवारले जितेमा गर्ने बिश्वास लिएको उनको भनाइ छ ।
एमालेको सरकारले काभ्रेभन्ज्याङ दाप्चा काक्रे सडक सम्पान भयो भनेर बजेट फिर्ता पठाएका रहेछन, मैले पछि मात्र थाहा भयो ।
वडा नं.६ का स्थानिय सुजन न्यौपानेले लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्न आतुर भएको र गठबन्धनको उम्मेदवारसँग बिकासको आशा रहेको बताएका छन्।
यहाँका स्वास्थ्य, शिक्षा, यातायातलगायतमा सुधार गर्नुपर्ने उनको माग छ। त्यसका लागि अन्य दलका उम्मेदवारले आश्वासन मात्र दिने काम नगर्ने भएकाले यस्पाली गठबन्धनलाइ मतदान गर्ने बताए।












