बलात्कारको आरोपमा वडाध्यक्ष थुनामा
दमौली, माघ २९ : बलात्कारको आरोपमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।
गत व....

दमौली, माघ २९ : बलात्कारको आरोपमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।
गत वैशाख २५ मा एक युवतीलाई बलात्कार गरेको आरोप लागेका वडाध्यक्ष झकबहादुरलाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।
दालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले बताए । नवलपुरमा कारागार नभएकाले उनलाई चितवन पठाइएको छ ।
झकबहादुरले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा बलात्कार गरेको भन्दै युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि उनी फरार रहेका थिए ।
उनले सोमबार नै नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा राख्न आदेश दिएको हो ।











