Kathmandu Press

कांग्रेसको केन्द्रीय परिचालन समितिमा ८ सदस्य मनोनयन

कांग्रेसको केन्द्रीय परिचालन समितिमा ८ सदस्य मनोनयन
Hardik ivf

काठमाडौं, कात्तिक १३ : नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरेको छ। कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आज थप आठ सदस्य मनोनित गरेको हो।

सभापति शेरबहादुर देउवाले निर्वाचन परिचालन समितिमा ८ जना सदस्य थप गरेका हुन्।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको  ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’मा थप आठ सदस्य मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: ०७:०४ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्