Kathmandu Press

माओवादी केन्द्र काभ्रेले गर्याे उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

माओवादी केन्द्र काभ्रेले गर्याे उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

काभ्रेपलाञ्चाेक, कात्तिक १२ : नेकपा माओवादी केन्द्र काभ्रेले प्रतिनिधि सभा २ को आयोजनामा बनेपामा उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको छ । शनिबार बनेपामा नेकपा माओवादी केन्द्र केन्द्रिय सचिब लीलामणि पोख्रेलको प्रमुख आथित्यमा बनेपामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा केन्द्रिय सचिब लीलमणि पौडेलले समानुपातिक उम्मेदवारलाई मतदान कसरी गर्न सकिन्छ भन्नेबारे मतदातालाई शिक्षा दिनुपर्ने बताए।

Hardik ivf

कार्यक्रममा प्रतिनिधि सभा २ का उम्मेदवार शिव हुमगाइले नेपाली जनताबाट लेखिएको संविधान सुरक्षित हुन नसक्नु र ओली सरकारले दुई पटकसम्म संसद विघटन गरेकाे विषयमा एमालेले जवाफ दिन नसकेकाे बताए।

प्रशिक्षण कार्यक्रममा अगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचन लक्षित राजनीतिक, वैचारिक, साङगठनिक कार्यनीति र रणनीति बनाएर अघि बढ्नको लागि र समनुपातिक मत पार्टीलाई धेरै भन्दा धेरै हाल्ने वातावरण बनाउनको लागि यस्तो कार्यक्रमको प्रभावकारी देखिने नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक एवं प्रदेश समनुपातिक उम्मेदवार भोला अर्यालले बताए । गठबन्धनको उम्मेदवारलाई जिताउने देखि समनुपातिक मत पार्टीलाई धेरै भन्दा धेरै भाेट हाल्नकाे लागि पार्टीको सबै तह तप्कमा रहेकाहरुलाई जिल्ला संयोजक अर्यालले निर्देशन दिए ।

कार्यक्रममा प्रतिनिधि सभा २ काभ्रेका गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदवार शिब प्रसाद हुमागाई र प्रदेश सभा (ख) का उम्मेदवार कन्चन चन्द्र बादे, माओवादी केन्द्र प्रतिनिधि सभा समनुपातिक उम्मेदवार मिना तामाङ, दिल सुन्दर श्रेष्ठ र प्रदेश तर्फका समनुपातिक उम्मेदवार रुकु चौलगाई, भोला आर्यल लगायतको उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तेज बहादुर मिजार, डा भरत लमिछाने, बागमती प्रदेश सचिब इन्द्र ब थिङ, केन्द्रिय सल्लाहकार सदस्य सुवास काजी श्रेष्ठ लगायत जिल्लाका बिभिन्न पालिका स्तरको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
 
प्रशिक्षण कार्यक्रम प्रतिनिधि सभा २ का अध्यक्ष गोपाल घिमिरेको सभापतित्वमा सचिब रमेश ढकालले संचालन गरेका थिए।

प्रकाशित मिति: २१:१८ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्