Kathmandu Press

निर्वाचन आयोगले साेध्याे एमाले नेता सूर्य थापालाई स्पष्टीकरण

निर्वाचन आयोगले साेध्याे एमाले नेता सूर्य थापालाई स्पष्टीकरण

काठमाडाैं, कात्तिक १२ : नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा क्षेत्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। प्यूठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थापालाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको हाे।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेकोमा उम्मेदवार थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेका हुन्।

बालबालिकालाई निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको ठहर आयोगले गरेको छ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’

उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन समेत दिएको छ।

प्रकाशित मिति: २०:०१ बजे, शनिबार, कात्तिक १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्